२०८३ असार ३ गते , बुधबार

छठ पूजामा साडीमा आगो लाग्दा एक व्रतालु महिला घाइते

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २५ गते , विहीबार
छठ पूजामा साडीमा आगो लाग्दा एक व्रतालु महिला घाइते
महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठ घाटमा छठ पर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला सख्त घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिस्टका अनुसार गए राति १० बजे छठ घाटमा पूजाको दीप प्रज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका– ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएपछि उनी सख्त घाइते भएकी हुन्

आगोले उनको महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा  थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो ।  त्यहाँ पनि उपचार सम्भव नभएकाले गए राति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार