२०८३ असार ३ गते , बुधबार

मेची नदी किनारमा छठ, मेची पुलमा भक्तजनहरुको घुइँचो (हेरौं १५ तस्बिरमा)

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २४ गते , बुधबार
मेची नदी किनारमा छठ, मेची पुलमा भक्तजनहरुको घुइँचो (हेरौं १५ तस्बिरमा)

झापा । झापामा छठ पर्व हर्सोउल्लासका साथ मनाइएको छ । अस्ताउँदो सूर्य भगवानको पूजा आराधना गरी अर्घ्य दिइँर्दै जिल्लाका नदी तथा खोला किनारमा हर्सोउल्लासका छठ पर्व मनाइएको हो ।  जिल्लाको मेची, निन्दा, हडिया, विरीङ, मावा, अदुवा, कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो । 

अघिल्लो वर्ष कोरोना महामारीले घर आँगनमै छठ पर्व मनाउनु परेकोले यसबर्ष नदी किनारहरूमा दर्शनार्थीहरुको उल्लासमय उपस्थिति रहेको थियो ।  यता सीमावर्ती नाकासँग जोडिएको भद्रपुर–५ स्थित मेची नदी किनारमा नेपाल तथा भारत दुवै देशका व्रतालु परिवारजनहरू एकै ठाउँमा आएर छठ मनाउँदा यसको छुट्टै महत्त्व र पहिचान रहेको छ । 


नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्धार हुँदै देवी बस्ती सम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजा स्थल (घाट) मा व्रतालु परिवारजनले पानीमा उत्रिएर सूर्य भगवानको पूजा आराधना गरी अर्घ्य चढाएका थिए । 

मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले  मेची नदीमा छठ पर्व मनाएका छन् । मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताउनुभयो । सीमा नाका खुलेसँगै यसबर्ष मेची पुलमा फोटो खिचाउने र भिडियो बनाउनेको दर्शनार्थीहरुको घुइँचो नै लागेको थियो । 


मेची किनारमा व्रतालु तथा भक्तजनहरूको सुरक्षाका लागि नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी ६० परिचालन गरिएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए । भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्व समापन हुनेछ ।




सम्बन्धित समाचार