२०८३ असार ३ गते , बुधबार

ट्रक र बस ठोक्किँदा दुईजनाको मृत्यु, १६ जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २४ गते , बुधबार
ट्रक र बस ठोक्किँदा दुईजनाको मृत्यु, १६ जना घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गको नवलपुरमा मंगलबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए। 

दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनीहरुको उपचारको क्रममा मृत्यु भएको र मृतकको शनाखत भई नसकेको जनाइएको छ। घाइते भएका १६ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको रिमालले  बताए। 

सम्बन्धित समाचार