२०८३ असार ३ गते , बुधबार
मोटरसाइकलको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
झापा । मोटरसाइकलको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरीको कोसी गाउँपालिका २ लौकहीमा आज बिहान २ बजे मोटरसाइकलले ठक्कर दिँदा जहदा गाउँपालिका ७ की २ बर्षीया बालिका दीक्षा साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाको लौकही भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को २ ह ६१६३ नम्बरको अटोले सोही दिशा तर्फ जाँदै गरेको को ४ प ३४५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
अनियन्त्रित मोटरसाइकलले सडक नजिकै बसिरहेकी जहदा गाउँपालिका ७ की १६ वर्षीया वर्षा साह र २ वर्षीया बालिका दीक्षा साह घाइते भएकी थिइन । घाइते दुवै जनालाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।