२०८३ असार ३ गते , बुधबार

भाइटीकाका दिन झापामा सवारी दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २१ गते , आईतबार
भाइटीकाका दिन झापामा सवारी दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

झापा । झापामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटना परी पाँच जना घाइते भएका छन् । भाइटीकाका दिन बिर्तामोड र मेचीनगरमा छुट्टाछुट्टै भएको मोटरसाइकल दुर्घटना परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका- ६ गिरीबन्धु टि स्टेट अगाडि पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको नम्बर नखुलेको रातो रङ्गको २२० सिसीको पल्सर मोटरसाइकल र विपरीत दिशा तर्फ जाँदै गरेको प्र १-०१-०१४ प ६००७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटरमा सवार मेचीनगर नगरपालिका- १० निवासी १६ वर्षीय मनिष कार्कीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । दुर्घटना परी उनका बुबा स्कुटर चालक मेचीनगर-१० निवासी ४२ वर्षीय डिल्ली कार्की, नम्बर नखुलेको मोटरसाइकलको पछाडि सवार हल्दिबारी गाउँपालिका-४ निवासी २१ वर्षीय पिजेश लामा घाइते भएका छन् ।

घाइते दुवै जनाको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ । मोटरसाइकल चालक हल्दिबारी- ४ निवासी २५ वर्षीय नरेश तामाङ फरार रहेकोले उनको खोजी कार्य भइरहेको डिएसपी थापाले बताए । 

त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३  स्थित तेलीवारिमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १-०४-०१४ प ३३४५ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना परी प्रदेश १-०४-०१४ प ३३४५ नम्बरको मोटरसाइकलमा सवार मेचीनगर- ८ निवासी १८ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको डिएसपी थापाले बताए । 

घाइते उनको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी  प्रदेश १-०४-०१४ प ३३४५ नम्बरको मोटरसाइकल चालक मेचीनगर- ८ निवासी २१ वर्षीय अनीश गिरी,  प्रदेश १-०४-००१ प ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका निवासी २१ वर्षीय निकेश शिवकोटी, सोही मोटरसाइकल पछाडि सवार मेचीनगर- ८ निवासी २१ वर्षीय प्रवीण मेचेको घाइते भएका छन् । उनीहरूको विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


सम्बन्धित समाचार