२०८३ असार ३ गते , बुधबार

भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १४ गते , आईतबार
भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण

भद्रपुर । भद्रपुरका बाढीपीडितलाई राहत सामग्री वितरण गरिएको छ । गत कार्तिक २ गते अविरल वर्षापछि मेची नदीमा आएको बाढीले प्रभावित परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो । 

क्यारिटस नेपाल र नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय समितिले आइतबार छुट्टाछुट्टै संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुरका सय भन्दा बढी बाडीपीडितलाई खाद्यान्न सामग्री वितरण गरिएको भद्रपुर- ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए । 


क्यारिटस नेपालले भद्रपुर ५ का ७५ परिवार र नेपाल–भारत मैत्री सङ्घले ५८ परिवारलाई चामल, दाल, तेल, नुन, चना लगायतको खाद्यान्न सामग्री वितरण गरेको उनले बताए । त्यस्तै क्यारिटस नेपालले भद्रपुर ३ स्थित हतिमाराका ३० परिवारलाई पनि खाद्यान्न सामग्री वितरण गरेको हो । क्यारिटस नेपालको कार्यक्रम संयोजक विपिन घिमिरेको नेतृत्वमा आएको टोलीले सो सामग्री वितरण गरेको संस्थाका नवीन पौडेलले जानकारी दिए । वितरण कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रामाया श्रेष्ठ, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, ३ नम्बर वडा अध्यक्ष कमला थुलुङ, नेपाली काँग्रेसका नगर उपसभापति रमेशचन्द्र झा, लगायतको उपस्थिति रहेको थियो । 


त्यस्तै नेपाल–भारत मैत्री सङ्घले वितरण कार्यक्रममा केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, सङ्घका सह अध्यक्ष शैलेन्द्र मोहन झा, मैत्री सङ्घका झापा अध्यक्ष प्रदीप रेग्मी, नेपाल उद्योग वाणिज्य सङ्घका प्रदेश १ अध्यक्ष टीकाराज ढकाल, काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल लगायतको उपस्थिति रहेको थियो ।       


सम्बन्धित समाचार