२०८३ असार ३ गते , बुधबार

कालिका नेपालको आधारभूत उद्घोषण तालिम

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १४ गते , आईतबार
कालिका नेपालको  आधारभूत उद्घोषण तालिम
बिर्तामोड । कालिका नेपाल बिर्तामोड –१ झापाको आयोजनामा सञ्चालित तीन दिवसीय आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ । 
बिर्तामोड –३ स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टमा धौलागिरि –पारिजात बहुउद्धेशिय सहकारी संस्था बिर्तामोड –४ को प्राविधिक सहयोगमा भएको तालिममा कालिका नेपाल महिला विभागमा आबद्ध महिलाहरूको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई बिर्ता ज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले प्रशिक्षण प्रदान गरेका थिए । 
कालिका नेपालका अध्यक्ष भक्तबहादुर कार्कीको अध्यक्षता तथा धौलागिरि –पारिजात बहुउद्धेशिय सहकारी संस्थाका व्यवस्थापक राजेश दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला विभाग सदस्य कविता ढुङ्गेल आचार्यले स्वागत गरेकी थिइन् । 
 कार्यक्रममा कालिका नेपालका संस्थापक अध्यक्ष तुलसीराम खरेल ,प्रशिक्षक  बिर्ता ज्योति साप्ताहिकका सम्पादक ÷प्रकाशक तुलसीप्रसाद निरौला, लेखा परीक्षक खीवलाल अधिकारी, कालिका मार्ग टोल विकास संस्थाका अध्यक्ष मनोज गिरी , इन्भेन्चर किण्डर होमका सञ्चालक अमृत बस्नेत, शान्ति टोल विकास संस्थाका सचिव दिनेश ओझालगायतले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सहभागीलाई आग्रह गरेका थिए ।  
 कार्यक्रममा तालिममा सहभागी संस्थाकी संस्कृति विभाग उपाध्यक्ष सिला खरेल , रिता भुर्तेल, मञ्जु बुढाथोकीलगायतले तालिम फलदायी रहेको बताएका थिए । 
कार्यक्रममा प्रमुख अतिथि आचार्य , कालिका नेपालका संस्थापक अध्यक्ष खरेल , अध्यक्ष कार्की , सचिव मनोज घिमिरे, सदस्यहरू रामकुमार नेपाल, डिल्लीराम खरेल , लेखा परीक्षक अधिकारी, कालिका मार्ग टोल विकास संस्थाका अध्यक्ष गिरी , इन्भेन्चर किण्डर होमका सञ्चालक बस्नेत, शान्ति टोल विकास संस्थाका सचिव ओझालगायतले तालिममा  सहभागीलाई प्रमाण पत्र प्रदान गरेका थिए । 
 कालिका नेपाल महिला विभागकी अध्यक्ष देवका अधिकारी अर्यालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सुविज्ञा पराजुली पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन् । गोर्खा मिनरल वाटर प्रालिले खानेपानी सौजन्य गरेको कार्यक्रमको सञ्चालन कालिका नेपाल महिला विभागकी सचिव पूजा काफ्ले खरेलले गरेकी थिइन् ।    

सम्बन्धित समाचार