२०८३ असार ३ गते , बुधबार

पूर्वाञ्चलका व्यवस्थापक ढकालद्धारा पत्रकार उपचार कोषलाई २५३३३ प्रदान गर्ने घोषणा

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १३ गते , शनिबार
पूर्वाञ्चलका व्यवस्थापक ढकालद्धारा पत्रकार उपचार कोषलाई २५३३३ प्रदान गर्ने घोषणा

बिर्तामोड । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल)ले आफ्नो जन्मोत्सवको अवसर पारेर शुक्रबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । केही समयभित्रै एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गर्ने उनले जानकारी दिएका छन् ।

१८ वर्ष देखि पूर्वाञ्चल दैनिकमा आवद्ध रहेर क्रियाशील ढकाल लेखक तथा आध्यात्मिक साधकको रुपमा परिचित छन् । उनले पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४६ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका अध्यक्ष एकराज गिरीले जानकारी दिए । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।

आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने ढकालले बताए । महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । महासंघ झापाका अध्यक्ष गिरीले यही कार्यकालमा कोषलाई एक करोड पु¥याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

शुक्रबार पूर्वाञ्चल दैनिकमा आयोजित घोषणा कार्यक्रममा पत्रकार महासंघका प्रदेश सदस्य सुरेन्द्र भण्डारी, झापा उपाध्यक्ष केशव भट्टराई, सुशीला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्यहरु रञ्जित परियार, बिनोद पाण्डे, होमप्रकाश अधिकारी, स्वस्तिका आचार्य, पूर्वाञ्चलका लेखा प्रमुख सोम भण्डारी, बजार व्यवस्थापक लीला आचार्य सहित विभागीय प्रमुखहरु र संस्थाका कर्मचारीको सहभागिता थियो ।  

सम्बन्धित समाचार