२०८३ असार ३ गते , बुधबार

झापामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक १२ गते , शुक्रबार
झापामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा । दुईटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेका गौरादह नगरपालिका- ४ निवासी ४० वर्षीय भानु खत्री अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार बिहान ८ बजे गौरादह ४ स्थित  धरधरे जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा परी मे ९ प २७०३ नम्बर मोटरसाइकल चालक अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मे ६ प ५४१६ नम्बरको मोटरसाइकल चालक र पछाडी सवारको अवस्था गम्भीर रहेको छ।  घाइतेहरूको तत्काल  नामथर र वतन खुल्न नसकेको र उपचारको लागी न्युरो अस्पताल विराटनगर  पठाएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार