२०८३ असार ३ गते , बुधबार

साहित्य चौतारीले दक्षिणारहित सामूहिक सडक देउसी खेल्ने

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ९ गते , मंगलबार
साहित्य चौतारीले दक्षिणारहित सामूहिक सडक देउसी खेल्ने

झापा । साहित्य चौतारी बिर्तामोड  झापाले विगतका वर्षहरूमा झैँ यस वर्ष आगामी कात्तिक १९ गते शुक्रबार गोवर्द्धन पूजाका दिन बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा दक्षिणारहित सामूहिक सडक देउसी खेल्ने भएको छ ।

साहित्य चौतारी  बिर्तामोड झापाले साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले २०५८ सालदेखि  दक्षिणारहित सामूहिक सडक देउसी खेल्दै आएको साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परिवारको अध्यक्षतामा भएका साहित्य चौतारी बिर्तामोड झापाका सल्लाहकार र पदाधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो । बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरबाट नेपाली मौलिक भेसभुसा र बाजागाजा र ब्यानरसहित सुरु गरिने सडक देउसीसहितको ¥यालीले बिर्तामोड नगर परिक्रमा गर्दै देउसी भट्ट्याउने उनले बताए ।

विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण गत वर्ष  दक्षिणारहित सामूहिक सडक देउसी नखेलिएको उनले बताए ।  दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य , कला , सङ्गीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्न बिर्तामोडको मुक्तिचोकस्थित  दुर्गा मन्दिरमा दक्षिणारहित सामूहिक सडक देउसी खेलिने उनले जनाए ।

यसपालिको दक्षिणारहित सामूहिक सडक देउसी छायाङ्कन गरी विभिन्न सञ्चारमाध्यममा प्रसारण गरिने भएकाले दक्षिणारहित सामूहिक सडक देउसीमा सहभागी हुन बिर्तामोडका सामाजिक सङ्घसंस्था र बिर्तामोडवासीलाई उनले आग्रह गरेका छन् ।  

साहित्य चौतारी बिर्तामोड झापाकी संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, निवर्तमान अध्यक्ष टंक काफ्ले विकल्प , वरिष्ठ सल्लाहकार अनिरुद्र ओली,उपाध्यक्ष दीपक रायमाझी , विमला चिमरिया , कोषाध्यक्ष भवानीप्रसाद गौतम , सदस्यहरू तुलसीप्रसाद भट्टराई, चित्रा पौड्याल कोइराला , टीका नेपाल भट्टराई, मणि बर्देवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव खगिन्द्रा खुसीले गरेकी थिइन् ।


 

सम्बन्धित समाचार