झापाका रोटरी क्लबहरूको सचेतना र्याली
झापा । विश्व पोलियो दिवसको अवसरमा झापाका रोटरी क्लबहरूको आयोजनामा बिर्तामोडमा सचेतना र्यालीसहित मास्क वितरण गरिएको छ ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ बिर्तामोड , रोटरी क्लब अफ सुरूङ्गा, रोटरी क्लब अफ भद्रपुर , रोटरी क्लब अफ दमक, रोटरी क्लब अफ काँकडभिट्टा र रोटरी क्लब अफ मेचीनगर , रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउन,इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउन, रोट्रयाक क्लब अफ बिर्तामोड, रोट्रयाक क्लब अफ सुरूङ्गा, रोट्रयाक क्लब अफ मेचीनगर , रोट्रयाक क्लब अफ इँटाभट्टा , रोट्रयाक क्लब अफ काँकडभिट्टालगायतको संयुक्त आयोजनामा पोलियो सम्बन्धी सचेतना र्यालीसहित मास्क वितरण गरिएको हो ।
बिर्तामोडस्थित वन स्टप मलबाट सुरु भएको ¥यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो । पोलियो उन्मूलन गरौँ भन्ने नारा लेखिएको टिसर्टसहित ¥यालीमा सहभागी रोटरियनहरुले बिर्तामोडमा मास्कसमेत वितरण गरेको रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले बताए । पोलियो लगभग अन्त्य हुने अवस्थामा पुगेको बताउँदै उनले अबको ३ वर्षमा नेपालबाट पोलियो उन्मुलन हुने दाबी गर्दै त्यो लक्ष्य पूरा गर्ने जिम्मा रोटरीहरूको भएको बताए ।
कार्यक्रममा सहभागी रोटरीयनहरुले पोलियो उन्मुलनका लागि रोटरीले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए । कार्यक्रम विश्व पोलियो दिवस र्याली व्यवस्थापन समितिका संयोजक विनोद बस्नेतको संयोजकत्वमा भएको थियो । रोटरी इन्टरनेशनलको पहलमा २४ अक्टोबरका दिन पोलियो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।