२०८३ असार ३ गते , बुधबार
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोरङ । मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका ९ मा आइतबार बिहान साँढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेकी स्थानीय ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी घाइते भएकी ढकालको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।