२०८३ असार ३ गते , बुधबार

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ७ गते , आईतबार
झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कनकाई नगरपालिका ९ लक्ष्मीपुरस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५२० नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा- ३ निवासी २७ वर्षीय निश्चल खनाल घाइते भएका थिए ।
उनको टाउको, अनुहार तथा शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको र बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार क्रममा राति १०।२५ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक बुद्धशान्ति- ३ निवासी ४४ वर्षीय लक्ष्मीप्रसाद सिवाकोटीलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार