२०८३ असार ३ गते , बुधबार
कार दुर्घटनाबाट चालकको मृत्यु
झापा । सुनसरी बराह क्षेत्र नगरपालिका- ३ बाङ्गे स्थित भित्री सडक खण्डमा अन टेस्ट कार आफै अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक बराह क्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० वर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् ।
कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको कार बिहीबार बेलुका पौने ८ बजे आफै अनियन्त्रित भई उक्त सडकको दाहिने तर्फ पैनीमा पल्टी दुर्घटना हुँदा गम्भीर घाइते भएका दाहालको तत्काल स्थानीय नगर अस्पताल चक्रघटीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।