२०८३ असार ३ गते , बुधबार

प्रदेश १ मा बाढी-पहिरो : ६२ जनाको मृत्यु, २० जना घाइते र १३ जना बेपता

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ५ गते , शुक्रबार
प्रदेश १ मा बाढी-पहिरो : ६२ जनाको मृत्यु, २० जना घाइते र १३ जना बेपता
झापा । बेमौसमी झरीका कारण प्रदेश १ मा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाइते र १३ जना बेपता भएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।
प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानवीय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुननन्द गाउँपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु , १० जना घाइते र ६ जना बेपत्ता भएका हुन् ।
यसैगरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते तथा १ जना बेपत्ता भएका छन् ।
यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्  । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने३ जना बेपत्ता भएका छन् ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-१२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसास राई गाउँपालिका-६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १र१ जनाको मृत्यु भएको छ । 
बेमौसमी झरीका कारण सयौँ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् । डुबान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई विस्थापित भएका मानिसहरूलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।
हाल सम्म १ नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ति उद्धार कार्यमा परिचालन भइरहेका छन् भने बाकी प्रहरी तयारी अवस्थामा रहेका छन् ।

सम्बन्धित समाचार