२०८३ असार ३ गते , बुधबार

आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ५ गते , शुक्रबार
आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

प्रदेश  १, बागमती र गण्डकी  प्रदेशहका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

सम्बन्धित समाचार