२०८३ असार ३ गते , बुधबार

प्रदेश १ मा बाढी-पहिरो : २७ जनाको मृत्यु, ८ जना बेपत्ता

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक ३ गते , बुधबार
प्रदेश १ मा बाढी-पहिरो : २७ जनाको मृत्यु, ८ जना बेपत्ता

झापा । लगातारको झरीले निम्त्याएको बाढी-पहिरोले प्रदेश १ मा हालसम्म २७ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बाढी-पहिरोमा परेर इलाममा १२, पाँचथरमा ६, उदयपुरमा १, धनकुटामा ६, सुनसरीमा २ जनाको मृत्यु भएको बताए। यस्तै ८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्।

मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो। मोरङमा करिब पाँच सयभन्दा बढी उद्दार गरिएको छ। मोरङमा हजारौं घर डुबानमा परेका मोरङ प्रहरीले जनाएको छ

विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुबानमा परेको छ। बुढीगंगा गाउँपालिका १ र २, शान्ति चोक बस्ती डुबानमा परेको छ। रतुवामाई नगरपालिका ७ मा ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ। रतुवाखोलाको बाँध फुटेर बस्तीमा खोला पसेको छ। सेतोपाटीबाट

सम्बन्धित समाचार