२०८३ असार ३ गते , बुधबार

मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु, दुई जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ कार्तिक २ गते , मंगलबार
मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु, दुई जना घाइते

झापा । सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गस्थित जालपा पेट्रोल पम्प नजिक सोमबार राति पौने १० बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीको रामधुनी नगरपालिका-१ का २२ वर्षीय मुकेश सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा विपरीत दिशाबाट आउँदै गरेको प्रदेश न १-०२-००३ ह ३०७८ नम्बरको सिटी सफारीसँग ठोक्किएको थियो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक मुकेशको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकलमा पछाडि रहेका रामधुनीकै २२ वर्षीय नबिन सरदार र १८ वर्षीय अविशेक सरदार घाइते भएका छन्। मोटरसाइकलमा तीनजना रहेका थिए।

सम्बन्धित समाचार