२०८३ असार ३ गते , बुधबार

ताप्लेजुङमा जीप दुर्घटना : गर्भवतीसहित १८ जना घाइते

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २८ गते , विहीबार
ताप्लेजुङमा जीप दुर्घटना : गर्भवतीसहित १८ जना घाइते

झापा । ताप्लेजुङमा जीप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको को १ ज २०५६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १८ जनामध्ये गर्भवतीसहित नौ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।गम्भीर घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेकी २५ वर्षीया विमला लिम्बू, मामाङ्खेकै ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू छन्।

यस्तै फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते भएका छन्।  जीप चालक फुङ्लिङ नगरपालिका–८ का ३८ वर्षीय डिल्लीविक्रम सुनुवार सामान्य घाइते भएका छन्।  ब्रेक फेल भएर जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।   

सम्बन्धित समाचार