२०८३ असार ३ गते , बुधबार
भद्रपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
भद्रपुर । भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर- ४ डाँगीवारि निवासी ३६ वर्षीय जन्तलाल राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राती ८ बजे भद्रपुर ४ स्थित मोहन टी स्टेट अगाडी भित्र सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ४ प ३३८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटना परी मोटरसाइकल चालक सोही ठाउँ निवासी ३० वर्षीय विनोद राजवंशी र पछाडि सवार जन्तलाल राजवंशी घाइते भएका थिए । घाइते मध्ये जन्तलालको ओम साई पाथीभरा अस्पताल भद्रपुरमा उपचार क्रममा राती पौने ९ बजे मृत्यु भएको थियो ।