२०८३ असार ३ गते , बुधबार

कल्भर्टमा मोटरसाइकल ठोक्किँदा झापामा एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २३ गते , शनिबार
कल्भर्टमा मोटरसाइकल ठोक्किँदा झापामा एक जनाको मृत्यु
झापा । झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।अर्जुनधारा –२ भेलेनी चौक छेउस्थित भित्री सडक खण्डमा खुदुनाबारीबाट शनिश्चरेतर्फ आउँदै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा ६ बस्ने ३० वर्षीय नीरज तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
तत्काल नाम थर वतन नखुलेको अवस्थामा मृतकको साथबाट फेला परेको नागरिकता प्रमाणपत्रबाट उनको पहिचान खुलेको थियो । 

सम्बन्धित समाचार