२०८३ असार ३ गते , बुधबार
नेपाल राष्ट्रिय बंगाली समाज पर्सा जिल्ला समिति गठन
पर्सा । नेपाल राष्ट्रिय बंगाली समाज पर्सा जिल्ला समिति गठन गरिएको छ । वीरगन्जस्थित बंगाली क्लब दुर्गा मन्दिरमा बुधवार बंगाली समुदायको एक भेलाले संदिप बनर्जीको अध्यक्षतामा पर्सा जिल्ला समिति गठन गरेका हुन् । भेलाले सर्वसम्मत रुपमा समितिको उपाध्यक्षहरूमा कल्पना दास, कुशल गोहो ठाकुरता, डा.चन्दन बनर्जी, सचिवमा दिलीप राउत कुर्मी र कोषाध्यक्षमा रेणु अधिकारीलाई चयन गरेका हुन् ।
त्यसैगरी समितिका सदस्यहरू मिहिरन्द्र अधिकारी, डा. गोविन्द कुमार साह, मोहन कुमार मण्डल, कृष्णकुमार दास, अमरदिप सिकदार, रुद्र हल्दार, सुमना बनर्जी, निलय मजुमदारलाई चयन गरेका हुन । त्यस्तै आमन्त्रित सदस्यहरूमा बलराम साधु र रुद्र प्रताप शाह चयन भएका छन् । नव गठित पदाधिकारीहरुलाइ केन्द्रीय अध्यक्ष सरकारले अबिर लगाएर कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश नम्बर २ संयोजक विमल चन्द्र सरकारको अध्यक्षता तथा नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्यमा भएको भेलामा केन्द्रीय उपाध्यक्षद्वय विप्लव घोष, किरण सरकार, केन्द्रीय सदस्य अनुप राय , प्रदेश नम्बर १ का कल्पना दे दास र अमित राय लगायतले आआफ्नो धारणा राखेका थिए ।
केन्द्रीय समितिले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चितताका लागि बंगाली आयोग गठनका लागि अहिले राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियान अनुसार पर्सा जिल्लाको समिति गठन गरेको हो । बंगाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले ४७ वर्ष अगाडी बंगाली क्लब दुर्गा मन्दिर वीरगन्ज स्थापना गरिएको थियो ।