२०८३ असार ३ गते , बुधबार

पूर्व विद्यार्थीद्वारा विदुर इङ्लिस बोडिङ हाई स्कुलका शिक्षकलाई नगदसहित सम्मान

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २० गते , बुधबार
पूर्व विद्यार्थीद्वारा विदुर इङ्लिस बोडिङ हाई स्कुलका शिक्षकलाई नगदसहित सम्मान
भद्रपुर । भद्रपुर- ८ स्थित विदुर इङ्लिस बोडिङ हाई स्कुलमा कार्यरत तथा  सेवा निवृत्त शिक्षकहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान गरिएको छ  । उच्च शिक्षा हालिसका लागि स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरूले हाई स्कुलका प्रिन्सिपलसहित शिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा  प्रिन्सिपल मणिदेवी भट्टराई, शिक्षकहरू चम्पा सुब्बा, पुष्पा जोशी, लीलाप्रसाद भट्टराई, मानिक घोष र महेन्द्र भट्टराई रहेका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य जगदीश जोशीको अध्यक्षता भएको कार्यक्रममा समितिका सदस्यहरू भीम पौडेल, चन्द्र प्रसाद श्रेष्ठ, अभिभावकहरू बासूँ पोखरेल, सोम पोखरेल, धन प्रसाद सिवाकोटी, रमेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल भट्टराई र शिक्षक महेन्द्र भट्टराईले पूर्व विद्यार्थीहरूले गुरुहरूलाई सम्झिएर नगदसहित सम्मान गरेकोमा धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी सोनु पुडासैनीले गरेका थिए । 



सम्बन्धित समाचार