२०८३ असार ३ गते , बुधबार

श्रीकृष्ण प्रणामी र रोटरीद्वारा ह्विलचेयर वितरण

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २० गते , बुधबार
श्रीकृष्ण प्रणामी र रोटरीद्वारा  ह्विलचेयर वितरण
झापा । झापाका एक अशक्त व्यक्तिलाई व्हीलचियर वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद्को समन्वय तथा रोटरी मिडटाउनको प्राविधिक सहयोगमा एक कार्यक्रमका बिच झापा गाउँपालिका ७ का नरबहादुर आले मगरलाई व्हील चियर वितरण गरिएको हो । 

शारीरिक अशक्तका कारण हिडंडुल गर्न समस्यामा रहेका उनलाई हिडंडुल गर्न सहज होस भन्ने उद्देश्यले व्हील चियर प्रदान गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओलीले बताए ।

कार्यक्रममा झापा गाउँपालिका ७ का वडा अध्यक्ष नेत्रप्रसाद उप्रेती , समन्वयकर्ता युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली र प्राविधिक सहयोगकर्ता रोटरी क्लबका नमुनी अध्यक्ष सिद्धार्थ नवीन उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा प्रणामी मन्दिर दयालधामका अध्यक्ष बाल कृष्ण सिटौला , मन्दिर समितिका अग्रज बाइजुराज महिला समिति र युवा परिषद्का स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रा.स. अध्यक्ष घनश्याम सिटौलाको अध्यक्षतामा भएको थियो ।  कार्यक्रमको सञ्चालन युवा परिषद् झापाका पूर्व उपाध्यक्ष दुर्गा पाण्डेले गरेको युवा परिषद् झापाका उपाध्यक्ष सुरज सापकोटाले जानकारी दिए । 

सम्बन्धित समाचार