२०८३ असार ३ गते , बुधबार

निर्माणाधीन घरबाट लडेर झापामा एक मजदुरको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १८ गते , सोमबार
निर्माणाधीन घरबाट लडेर झापामा एक मजदुरको मृत्यु

झापा । निर्माणाधीन घरबाट लडेर झापामा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ३ निवासी ६५ वर्षीय रुद्र अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार कनकाई- ४ स्थित त्रिवेणी टोल निवासी दुर्गा नेपालको दुई तले निर्माणाधीन घरमा पलम्बरको काम गर्नेमा सोमबार बिहान साढे ११ बजे दोस्रो तलाबाट भुईँमा खसेका थिए । लडेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार