२०८३ असार ३ गते , बुधबार

रोटरी बिर्तामोड मिडटाउनको मिडिया पर्सनमा पत्रकार निरौला

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १७ गते , आईतबार
रोटरी बिर्तामोड मिडटाउनको मिडिया पर्सनमा  पत्रकार निरौला
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको मिडिया पर्सनमा पत्रकार तुलसीप्रसाद निरौला चयन भएका छन् । 
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको जेनेरल मिटिङले पत्रकार निरौलालाई क्लबको मिडिया पर्सनमा चयन गरेको हो ।  विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका निरौला  विवेचना दैनिक, पूर्वाञ्चल दैनिक हुँदै हाल बिर्ता ज्योति साप्ताहिकको प्रकाशक तथा सम्पादक रहेका छन् । 
कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट पोखरेलले पत्रकार निरौलालाई मिडिया पर्सनको प्रमाणपत्रसहित जिम्मेवारी प्रदान गरेका थिए । 
कार्यक्रममा बिर्तामोडका सरसफाइ अभियन्ता विष्णु आचार्यलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो । 
त्यस्तै डा.सन्दीपचन्द्र श्रेष्ठ, डा. वीरेन्द्र यादव, सन्नी गोयल, प्रकाश चौधरी , रत्ना बुढाथोकीलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको सदस्यता प्रदान गर्दै क्लबमा स्वागत गरिएको थियो ।  
 कार्यक्रममा नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत  अर्जुनधारा नगर अधिवेशनबाट अर्जुनधारा नगर समितिको उपसभापतिमा सर्वसम्मत विजय भएकोमा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेन्ट भेषराज भण्डारी (प्रशान्त), इलाम जिल्ला  फाकफोकथुम गाउँपालिका वडा नं १ को वडा अधिवेशनबाट  क्षेत्रीय प्रतिनिधिमा निर्वाचित क्लबका सेक्रेटरी गजेन्द्रवहादुर पौडेल र कनकाई नगरपालिका वडा नं. ९ को वडा अधिवेशनबाट  क्षेत्रीय प्रतिनिधिमा निर्वाचित क्लबका मेम्बर शेरबहादुर थापालाई बधाई तथा शुभकामना दिइएको थियो । 
कार्यक्रममा क्लबका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरू र आगामी कार्य योजनाका बारेमा जानकारी गराएका थिए । क्लबलाई हण्ड्रेड पर्सेन्ट पीएचएफ बनाइने, अर्जुनधाराको खाल्वाडीमा सन्थाल आवास बनाइने, रोटरी क्लब अफ सिलगढी मेट्रोपोलिटनसंग फेलोसिप गर्ने , विद्यालयमा स्पेलिङ प्रतियोगिता सञ्चालन गर्ने, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पदाधिकारी, रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनका पदाधिकारी र इन्ट्रयाक क्लब अफ देवभूमिका अभिभावकहरूलाई साइवर सेक्युरिटी तालिम सञ्चालन गरिने क्लबका प्रेसिडेन्ट पोखरेलले जानकारी गराएका थिए । 
 कार्यक्रममा क्लबका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल , इमिडेट पास्ट प्रेसिडेन्ट भेषराज भण्डारी (प्रशान्त), पास्ट प्रेसिडेन्ट शिवकुमार अग्रवाल , इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जमुना भुसाल शर्मा  , भाइस प्रेसिडेन्ट सम्झना खड्का भण्डारी , रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट नीरज चौधरी , इन्ट्रयाक क्लब अफ देवभूमिका प्रेसिडेन्ट सौगात भण्डारीलगायतको सहभागिता रहेको थियो ।  

सम्बन्धित समाचार