२०८३ असार ३ गते , बुधबार

एक दर्जन बढीको ज्यान लिने मकुना हात्तीको करेन्ट लागेर मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १७ गते , आईतबार
एक दर्जन बढीको ज्यान लिने मकुना हात्तीको करेन्ट लागेर मृत्यु

झापा । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेण्ट लागेर मरेको पुष्टि गरेको छ।

आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए। रामका अनुसार हात्ती आइतबार बिहान मृत भेटिएको थियो।  आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए। उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको आएको बताए।

आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर सदगदको तयारी थालिएको जनाएको छ। केही साताअघि मात्रै संरक्षण विभागले मकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो। जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो।

मकुना जंगली हात्ती भए पनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो। मकुना आरक्षमा रहेका जंगली हात्तीको नाइके समेत थियो। आरक्षबाट हुलमा बस्तीमा प्रवेश गर्ने क्रममा मकुनाले अन्य हात्तीको अगुवाइ गर्थ्यो।

मकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो। मकुनाले सुनसरी र सप्तरीतर्फका एक दर्जनभन्दा बढीको ज्यान लिएको थियो। 

सम्बन्धित समाचार