२०८३ असार ३ गते , बुधबार

प्रदेश १ मा सवारी दुर्घटना : एकै दिन चारजनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १७ गते , आईतबार
प्रदेश १ मा सवारी दुर्घटना : एकै दिन चारजनाको मृत्यु

झापा ।  प्रदेश का विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका- ४ को ग्रामीण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालीगुराँस नगरपालिका- ५ का २२ वर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमै मृत्यु भएको थियो । साथै सोही ट्याक्टरमा सवार रहेका लालीगुराँस नगरपालिका- ५ का १६ वर्षीय हिम बहादुर सार्की घाइते भई उपचारको लागी धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

त्यस्तै सुनसरीको दुहबी नगरपालिका- १० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटना परी मोटरसाइकल चालक दुहबी नगरपालिका-११ का ४५ वर्षीय ईश्वरचन माझी (चौधरी) को उपचारको क्रममा टिचिङ अस्पताल विराटनगर मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । 

त्यसैगरी दुहबी नगरपालिका- ८ मा शनिवार साँझ साँढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो काट्ने क्रममा पैदल यात्री बेलवारी नगरपालिका- ५ का ७२ वर्षीय पवनलाल चौधरीलाई ठक्कर दिएको थियो ।  बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा विराट मेडिकल कलेजमा राती ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ  । 

सम्बन्धित समाचार