२०८३ असार ३ गते , बुधबार

सर्पदंशबाट झापामा एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १६ गते , शनिबार
सर्पदंशबाट झापामा एक जनाको मृत्यु

झापा । सर्पदंशबाट झापामा एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ स्थित भागडुब्बा निवासी ५५ वर्षीय मानबहादुर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । थापालाई उनकै घरको कोठामा शनिवार दिउँसो साढे १ बजे कालो गोमन सर्पले डसेको थियो ।

सर्पले डसेपछि उनलाई उपचारको लागि मेची अस्पताल भद्रपुरमा ल्याएको र उनको उपचार क्रममा दिउँसो ४:२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार