२०८३ असार ३ गते , बुधबार

रिहा भए लगतै पुनः पक्राउ परे विप्लवका इलाम इन्चार्ज

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १६ गते , शनिबार
रिहा भए लगतै पुनः पक्राउ परे विप्लवका इलाम इन्चार्ज

इलाम । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा इलामका तत्कालीन जिल्ला इन्चार्ज पुष्प कोइरालालाई जिल्ला अदालत इलामले रिहा गरे पनि प्रहरीले पुनः पक्राउ गरेको छ। शुक्रबार जिल्ला अदालत इलाममा ५ लाख रुपैयाँ धरौटी रकम तिरेर रिहा भएका कोइरालालाई अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो । प्रहरीले उनलाई सुनसरी लैजाने तयारी गरेका थिए । तर, प्रहरीले उनलाई सङ्खुवासभा लैजान लागेको बताइएको छ । 

सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको समयमा २०७७ बैशाख २२ गते इलामबाट पक्राउ परेका जिल्ला इन्चार्ज कोइरालालाई बम विस्फोट, साङ्गठनिक अपराध लगायतका विभिन्न मुद्दा लगाइएको थियो। उनलाई पुनः पक्राउले सरकार र विप्लव नेतृत्वको नेकपा बिच भएको ३ बुँदे सहमतिको उल्लङ्घन भएको पार्टी कार्यकर्ताहरूले आपत्ति जनाएको छ ।  नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच २०७७ फागुन २१ मा तीन बुँदे सम्झौता भएपछि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरिएको थियो । 

तर तीन बुँदे सम्झौतामा नेपाल कम्युनिस्ट पार्टी प्रतिबद्ध रहे पनि सरकारले सम्झौता अनुरूप काम नगरेको भन्दै पार्टीका महासचिव विप्लवले असन्तुष्टि व्यक्त गरेका छन्। सरकार सँग तीन बुँदे सम्झौता गरेर प्रतिबन्ध फुकुवा भए पनि नेकपाका सयौँ कार्यकर्ता अझैसम्म जेलमा रहेका छन्। 

सम्बन्धित समाचार