२०८३ असार ३ गते , बुधबार

बिर्तामोडका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १४ गते , विहीबार
बिर्तामोडका महिला जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम
झापा । बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिका लागि चार दिने नेतृत्व विकास सम्बन्धी तालिम बिर्तामोडमा सुरु भएको छ । 
देशमा महिला जनप्रतिनिधिहरूका लागि नेतृत्वको र क्षमता विकासको क्षेत्रमा काम गर्दै आइरहेको संस दलित महिला केन्द्र नेपालको आयोजनामा प्रारम्भिक प्रशिक्षण मोडल दुई  अन्तर्गत बिहीबारदेखि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिका लागि ४ दिने प्रशिक्षण सुरु भएको आयोजक महिला केन्द्रकी झापा जिल्ला संयोजक सम्झना पोखरेलले बताइन ।
बिहीबारबाट बिर्तामोडमा भएको प्रशिक्षण कार्यक्रमको बिर्तामोड नगरपालिका वार्ड नम्बर ५ का वडाअध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै लिङदेनले महिला भएर भन्दा पनि नेतृत्वदायी व्यक्तित्व भएर सबैको नेतृत्व गर्न महिला जनप्रतिनिधिलाई आग्रह गरे । तालिमबाट सिकेका ज्ञानशील सबैमा बाढन समेत आग्रह लिङदेनले बताए । 
उद्घाटनमा बिर्तामोड नगरपालिका कार्यक्रम अधिकृत जय तिम्सिना, नगरपालिकाकी महिला शाखा अधिकृत पुष्पा कार्की लगायतले तालिम सफलताको शुभकामना दिएका थिए ।
तालिमको सहजीकरण सोमनाथ ढकाल र नबिना सापकोटाले सहजीकरण गरिरहेका छन् । तालिममा महिला जनप्रतिनिधिहरूलाई सक्रिय सुनाई, तथ्याङ्क अधवाधिक तथा व्यवस्थापन, वैढकको योजना र व्यवस्थापन, सञ्जालीकरण, वार्ता, स्थानीय सरकारको योजना कार्यान्वयन र अनुगमन प्रक्रिया, सरोकारवालाहरुसग सहकार्य लगायतका विषयमा प्रशिक्षण प्रदान गरिनेछ । स्वीजरल्याण्ड सरकार र अष्ट्रेलियान सरकारको आर्थिक सहयोगमा भइरहेको तालिमको प्राविधिक सहयोग आइएफइएसले गरिरहेको छ ।
तालिममा बिर्तामोड नगरपालिकाका २० जना महिला जनप्रतिनिधिको सहभागिता रहेको छ । 

सम्बन्धित समाचार