२०८३ असार ३ गते , बुधबार

नेपाल लेखापढी कानुन व्यवसायी भद्रपुरको ३१ औं स्थापना दिवस मनाइयो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १३ गते , बुधबार
नेपाल लेखापढी कानुन व्यवसायी भद्रपुरको ३१ औं स्थापना दिवस मनाइयो

(पंकज शर्मा) भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरले आफ्नो ३१ औ स्थापनाको दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।  एसोसिएसनले कार्यालय परिषद् चन्द्रगढीको प्राङ्गणमा बुधवार आयोजित एक कार्यक्रमका बिच सम्मान तथा रक्तदान लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सांसद एकराज कार्कीले लेखापढी व्यवसायीहरूले आफ्नो व्यावसायिक पेसा प्रति मर्यादित भएर जनताको काम गर्नुपर्ने बताए । एसोसिएसन व्यवसायीहरूले पेसालाई चुस्त दुरुस्त र  मर्यादित बनाउन कटिबद्ध भएर लाग्न आग्रह गर्दै जनताले गुनासो गर्ने स्थित बनाउन नहुनेमा उनले जोड दिए । 

कार्यक्रममा बोल्दै मालपोत कार्यालय भद्रपुरका प्रमुख योगेन्द्र दुलालले व्यवसायीहरू पेसागत दक्षता र व्यवसाय प्रति मर्यादित रहेर काम गर्न आग्रह गर्दै भूमि आयोग गठन भए पश्चात् मालपोतबाट आइ पर्ने सम्पूर्ण समस्याहरूको समाधान हुने बताए । एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम अधिकारीले स्रेस्तामा उल्लेखित कुरालाई  सेवाग्राही समक्ष कार्यान्वयन गर्न नसक्दा व्यवसायीहरूलाई आरोप लाग्ने  गरेको बताए । एसोसिएसन  अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षता तथा सचिव लावण्यकुमार पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा एसोसिएसन प्रदेश १ का प्रदेश प्रमुख युवराज कार्की ,एसोसिएसन पूर्व केन्द्रीय सदस्य रमेश पोखरेल ,झापा अध्यक्ष सुशील निरौला ,लगायतले मन्तव्य राखेका थिए । 


उपाध्यक्ष निरोज पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा अग्रजहरू क्रमशः प्रेमकृष्ण शर्मा ,विष्णुप्रसाद सन्जेल, पुरुषोत्तम अधिकारी, रमेश पोखरेल, गणेश चापागाईँलाई सम्मान गरेका थिए ।  सम्पन्न कार्यक्रममा सहभागी ५ जना महिला सहित ।३२ ।जनाले रक्तदान समेत गरेका थिए । आजै साँझ एसोसिएसन परिसर भित्र रहेको मन्दिरमा दीप प्रज्वलन समेत गरिएको जनाइएको छ । 


सम्बन्धित समाचार