२०८३ असार ३ गते , बुधबार
इलाममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
इलाम । इलाम नगरपालिका- १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ वर्षीय राजेश नेपाल रहेको प्रहरीले जनाएको छ ।
मङ्गलवार राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रक चालकले खाना खानको लागी सडकमा किनारमा रोकेका थिए । अर्को ट्रकको सहचालक रहेका नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथरका ३४ वर्षीय सुकमान राई प्रहरीको नियन्त्रणमा रहेको छ ।