२०८३ असार ३ गते , बुधबार

तस्करी गरी ल्याएको १६० बोरा चिनीसहितको ट्रक भन्सार बुझाइयो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १२ गते , मंगलबार
तस्करी गरी ल्याएको १६० बोरा चिनीसहितको ट्रक भन्सार बुझाइयो
झापा । सुनसरी प्रहरीले तस्करी गरेर नेपाल भित्राएको १६० बोरा चिनीसहित ट्रक र चालकलाई पक्राउ गरी भन्सार बुझाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले कोसी गाउँपालिका–१ लौकही बजारको भित्री सडक खण्डमा को १ ख ५२१५ नम्बरको मिनी ट्रकबाट भन्सार छली गरी ल्याएको १६० बोरा चिनी बरामद गरेको हो ।

ट्रकमा बरामद गरिएको ५० केजीका दरको चिनीका बोरा रहेको थियो । यता ट्रक र चालक सिन्धुली कमलामाई नगरपालिका–४ बस्ने ४८ वर्षीय विरोध लामिछानेसहित कोसी ब्यारेज स्थित सेतुवन्ध भन्सार कार्यालयमा बुझाएको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार