२०८३ असार ३ गते , बुधबार

अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस झापामा मनाइयो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १२ गते , मंगलबार
अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस झापामा मनाइयो
झापा । अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस झापामा मनाइएको छ। युवाहरूलाई सुरक्षित गर्भपतन सेवा र यसको महत्त्व बारे युवाहरुसग अन्तरक्रिया गरी दिवस मनाइएको हो। मानव अधिकार र वातावरण विकास मञ्च उदयपुर, झापा फिल्ड कार्यालयको आयोजना, सुरुवाती कोठा नेपालको सहकार्य र आदर्श स्कुल अफ म्यानेजमेन्टको सहयोगमा गर्भपतन दिवस मनाइएको हो ।
आयोजक संस्थाका सुदर्शन दाहाल र अधिकारकर्मी दीपक दासले युवाहरूलाई गर्भपतन बारे जनचेतना , कानुनी अवस्था , सेवा जस्ता विषय मा सहजीकरण गरेका थिए  । अङ्ग्रेजी सेप्टेम्बर महिनाको २८ तारिखका दिन अन्तर्राष्ट्रिय गर्भपतन दिवस मनाउँदै आएको सहयोगी संस्था सुरुवाती कोठा नेपालका यज्ञराज कडरियाले जानकारी दिए । सो कार्यक्रममा जिल्लाभरिका २ दर्जन बढी युवाहरूको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार