२०८३ असार ३ गते , बुधबार

पाथीभरा दर्शनका लागि हेलिकप्टरको व्यवस्था

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १२ गते , मंगलबार
पाथीभरा दर्शनका लागि हेलिकप्टरको व्यवस्था
झापा । पूर्वकै प्रसिद्ध तीर्थस्थल मध्येको एक हो पाथीभरा । यो ताप्लेजुङमा अवस्थित छ । पाथीभरा माताका नामले परिचित यो तीर्थस्थल जान आउन त्यति सहज छैन । ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि एक दिनको पैदल यात्राबाट मात्रै पुग्थ्यो पाथीभरा ।
पाथीभरा माताको दर्शनका लागि आवतजावतमा सहज नभएपछि यो वर्ष इलाको कोल्वुङस्थित कुटिडाडाबाट माउन्टेन हेलिकप्टरले सोझैँ पाथीभरा मन्दिर परिसरमा पु¥याउने भएको छ । विजया दशमीको अवसर पारेर कन्यामाबाट पाथीभरा, पाँचथरको थिम्वू पोखरी र ताप्लेजुङको सुकेटार विमानस्थलबाट पनि सोझैँ पाथीभरा माताको दर्शन गर्ने व्यवस्था मिलाइएको सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका को अडिनेटर राम अधिकारीले बताए ।
अधिकारीका अनुसार असोज २१ गते २८ गतेसम्म पाथीभराको दर्शनका लागि हेलिकप्टरले दिनमा दुई पटक दर्शनार्थीलाई पाथीभरा पु¥याउने र ल्याउने व्यवस्था मिलाइएको छ । यो सँगै इलामको कन्यामामा समेत फन फ्लाइटको व्यवस्था गरिएको अधिकारीले बताए ।

सम्बन्धित समाचार