२०८३ असार ३ गते , बुधबार

झापामा स्थानीयद्वारा अवरोध पूर्व– पश्चिम राजमार्ग तीन घण्टापछि सुचारु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ११ गते , सोमबार
झापामा स्थानीयद्वारा अवरोध पूर्व– पश्चिम राजमार्ग तीन घण्टापछि सुचारु

झापा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अवरोध गरेको पूर्व-पश्चिम राजमार्ग तीन घण्टापछि सुचारु भएको । पीडित पक्षले विभिन्न माग राखेको सो विषयमा छलफल गरेर टुङ्गाउने विषयमा झापा प्रहरी सहमत भएपछि राजमार्ग सुचारु भएको हो  

पीडित पक्षले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउनु पर्ने, राजमार्गमा ट्राफिक चेकजाँच गर्दा जेब्रा क्रसिङ भन्दा दायाँबायाँ सय मिटर पर गर्नुपर्ने राजमार्गमा भएका खाल्डाखुल्डीलाई तत्काल व्यवस्थापन गर्नु विषयमा माग राखेको स्थानीय पत्रकार विनोद सापकोटाले जानकारी दिए

सो मागको विषयमा प्रहरी, जनप्रतिनिधि पीडित पक्षको बैठकबाट छलफल गरी टुङ्गाउने लगाउने मौखिक सहमति पश्चात् राजमार्ग खुलेको उनले बताए  बिहान साढे बजेदेखि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयवासीले साढे ११ बजेसम्म राजमार्ग अवरोध गरेका थिए   पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका- १० स्थित माइधारमा सोमबार बिहान साढे बजे प्रदेश ०३००१००९५ नम्बरको टिपरले को २६३२ नम्बरको छोटा हात्ती (पिकअप भ्यान)लाई ठक्कर दिएको थियो

टिपरको ठक्करबाट भ्यान चालक दमक नगरपालिका निवासी अन्दाजी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए  पिकअप भ्यान सडकमा रोक्न खोजी रहेको अवस्थामा टिपरले पछाडिबाट ठक्कर दिँदा सो भ्यान कनकाई सिँचाइ आयोजनाको नहरमा पल्टिएर पानीमा डुबेको थियो । पानीमा डुबेको गाडी निकाल्दा चालकको गाडीभित्रै मृत्यु भइसकेको थियो टिपर टिपर चालक जिल्ला मकवानपुर थाहा नगरपालिका निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको    

सम्बन्धित समाचार