२०८३ असार ३ गते , बुधबार

छुरा प्रहार गरी छिमेकीको हत्या

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ९ गते , शनिबार
छुरा प्रहार गरी छिमेकीको हत्या

झापा । धारिलो हतियार छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ । सुनसरी इटहरी उपमहानगरपालिका- ३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेका छन् ।

शुक्रबार बेलुका साढे ४ बजे सामान्य घरायसी वादविवाद हुँदा अधिकारीले थापालाई छातीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो । यता इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोलीले हत्या गर्ने अधिकारीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

सम्बन्धित समाचार