२०८३ असार ३ गते , बुधबार

इलाममा रोकिएको पिकअप गाडी पछाडि सर्दा एक जनाको किचेर घटनास्थलमै मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ८ गते , शुक्रबार
इलाममा रोकिएको पिकअप गाडी पछाडि सर्दा एक जनाको किचेर घटनास्थलमै मृत्यु
इलाम । इलाममा रोकिएको पिकअप गाडी पछाडि सर्दा त्यसमा सवार एक जनाको किचेर मृत्यु भएको छ ।  बिहीबार साँझ इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप माइजोगमाइ गाउँपालिका ५ सोयाङ गणेश गोलाइ रोकेर पिसाब गर्ने क्रममा पिकअप पछाडि सरेपछि त्यसमा सवार सोही ठाउँका ५७ वर्षीय खिर कुमार तामाङको किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पिकअप र चालक इलाम सन्दकपुर गाउँपालिका १ माई पोखरी का ३० वर्षीय महेश राई कार्यालयको नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार