२०८३ असार ३ गते , बुधबार
श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद्को अध्यक्षमा पुनः मिलन बस्नेत
झापा । श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद् झापाको अध्यक्षमा मिलन बस्नेत सर्वसम्मत भएका छन् । श्री देवचन्द्र सदनमा भएको परिषद्को ५३ औं साधारण सभा तथा जिल्ला अधिवेशनबाट बस्नेत परिषद्को अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । अधिवेशनबाट अध्यक्ष बस्नेत सहित सम्पूर्ण पदाधिकारी ३ बर्से कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको १७ सदस्यीय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद प्रसाईँ र मुरलिधर कोइराला महासचिव गिरिधर कट्टेल, सचिव दीपक दिनेश दाहाल, कोषाध्यक्ष, कालीप्रसाद रिजाल, सह–कोषाध्यक्ष, देवीप्रसाद खनाल, सदस्यहरूमा , हरिप्रसाद कडरिया, मोहन कोइराला (शर्मा), रामकुमार खनाल, नरेन्द्र प्रसाद मैनाली, विमलराज पाण्डे, दुर्गाप्रसाद पाण्डे, रामनाथ उप्रेती, ताराप्रसाद खतिवडा, युवराज खतिवडा, दीपेन्द्र अधिकारी
रहेका छन् । उनीहरूलाई निर्वाचन संयोजक शान्तिप्रसाद सापकोटा, शारदाप्रसाद थपलिया, कृष्ण बजगांई, चन्द्र डाँगी, प्रेमकुमारी भट्टराईले टिका लगाउनुका साथै प्रमाणपत्र वितरण तथा शपथ गराएका थिए ।
जिल्लाका विभिन्न प्रासहरु , प्रतिनिधि, पर्यवेक्षक सुन्दरसाथहरुको उपस्थिति रहेको अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कर्मठ योगी सन्त श्री १०८ कृष्णदासकी महाराजले परिषद्ले सामाजिक क्षेत्रमा उल्लेखिय योगदान पु¥याएको स्मरण गर्दै समाजमा हरेक क्षेत्रमा सकारात्मक सोचको विकास गर्न तथा दुर्व्यसन मुक्त समाज निमार्णमा परिदले ठुलो योगदान पुर्याउंदै आएको बताएका थिए ।
कार्यक्रममा भागवत भास्कर श्री प्रमोद सुधाकाजी महाराज (वृन्दावन), श्री कृष्ण प्रणामी मन्दिर गोपी धाम धरानका सन्त श्री जगतनन्दन महाराज, सत गुरु देवचन्द्र सदनका अध्यक्ष हरि प्रसाद कडरिया, धुलाबारी कृष्ण प्रणामी मन्दिरका अध्यक्ष जीवनकुमार सापकोटा, कृष्ण प्रणामी युवा परिषद् प्रदेश नम्बर १ का अध्यक्ष अनिल ढुङ्गाना, सत्सङ्ग सेवा परिषद् झापाको पूर्व अध्यक्ष प्रजापति कोइराला ,वाइजुराज सङ्घ झापा अध्यक्ष प्रेमकुमारी भट्टराई, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
परिषद्का महासचिव मुरली धर कोइरालाले सञ्चालन गरेको कार्यक्रममा हालै निर्वाचित भएका कृष्ण प्रणामी युवा परिषद् झापाका अध्यक्ष टहलदास ओली, निवर्तमान अध्यक्ष सुवास रिजाललाई सम्मान पनि गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
अध्यक्ष बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष विष्णुप्रसादले गरेका थिए भने कार्यक्रममा स्वागत भजन प्रमीला कोइराला गौतमले प्रस्तुत गरेकी थिइन । साथै कार्यक्रममा निर्वाचित अध्यक्ष बस्नेतले आफ्नो तीन बर्से कार्यकालमा सबैलाई समेटेर जाने तथा सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेखनीय र स्मरण गर्न लायक कामहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।