२०८३ असार २ गते , मंगलबार

आफैले पालेको गोरुले हान्दा झापामा एक वृद्धाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ४ गते , सोमबार
आफैले पालेको गोरुले हान्दा झापामा एक वृद्धाको मृत्यु

झापा । आफैले पालेको गोरुले हानेर झापाको बाह्रदशी गाउँपालिका- ७ स्थित चप्रामारीकी एक वृद्धाको ज्यान गएको छ । ६० वर्षीया वृद्धा देवका प्रसाईँ चिमरियालाई आइतबार दिउँसो ३ बजे आफूले पालेको गोरुलाई पानी दिन जाँदा हानेर घाइते बनाएको थियो । उनलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । सो परिवारले उक्त गोरु विगत चार वर्षदेखि पालिरहेको मृतकका भान्जा चूडामणि तिम्सिनाले जानकारी दिए 

सम्बन्धित समाचार