२०८३ असार २ गते , मंगलबार

श्रीकृष्ण प्रणामी युवा परिषद् झापाको अध्यक्षमा ओली

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन ४ गते , सोमबार
श्रीकृष्ण प्रणामी युवा परिषद् झापाको अध्यक्षमा ओली
झापा । श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला कार्यसमिति झापाको १२ औँ जिल्ला अधिवेशनबाट टहलदास ओली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । आज आइतबार श्री देवचन्द्र सदनमा भएको अधिवेशनबाट अध्यक्ष ओली सहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । 

समितिको २१ सदस्यीय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा   सुरज सापकोटा र समर्पण खतिवडा,  सचिव मोहन अधिकारी, सह–सचिव उमेश मिश्र, कोषाध्यक्ष, कुमार काकी, सह–कोषाध्यक्ष, सुसान खतिवडा, सदस्यहरूमा , कमला पौडेल, सुलभ सिवाकोटी, विकास खड्का, मनोज सुवेदी, सुरेश मैनाली, युवराज कट्टेल, डिल्ली पाण्डे, दाताराम तिम्सिना, दिनेश उप्रेती, भुवन कटुवाल, सौरभ रिजाल, पुण्यप्रसाद दाहाल, सरोज गुरागांई, राकेशसिंह ठकुरी रहेका छन् । 
उनीहरूलाई निर्वाचन अधिकृत शारदा थपलिया तथा सन्त महाराज जगातनन्दले टिका लगाउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । 
झापाका ३४ वटा शाखा समितिका ३ सय  भन्दा बढी प्रतिनिधि, पर्यवेक्षक सुन्दर साथहरूको उपस्थिति रहेको अधिवेशनको उद्घाटन गर्दै  झापा जिल्ला सत्सङ्ग परिषद्का अध्यक्ष मिलन कुमार बस्नेतले कृष्ण प्रणामी युवा परिषद्ले सामाजिक क्षेत्रमा गरेका कामहरूको प्रशंसा गर्दै युवाहरूमा सकारात्मक सोचको विकास र दुर्व्यसन मुक्त समाजको निमार्णमा जोड दिएका थिए  ।

कार्यक्रममा श्री कृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष नमराज ढकाल, झापा जिल्ला सत्सङ्ग परिषद्का अध्यक्ष मिलन कुमार बस्नेत, युवा परिषद् प्रदेश १ का अध्यक्ष अनिल ढुङ्गाना, मातृका प्याकुरेल, दिनोज बजगांई लगायतले शुभकामना मन्तव्य राखेका थिए । युवा परिषद्का सचिव सुरज सापकोटाले  सञ्चालन गरेको कार्यक्रममा धरान मन्दिरका सन्त महाराज जगातनन्द, लगायतको उपस्थिति रहेको थियो ।  अध्यक्ष सुवास रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक  दीपक दाहालले गरेका थिए । 

सम्बन्धित समाचार