२०८३ असार २ गते , मंगलबार

भोलि सार्वजनिक बिदा

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २ गते , शनिबार
भोलि सार्वजनिक बिदा
झापा । सरकारले असोज ३ गते आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । देशले इतिहासमै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असौज ३ गते संविधान पाएको दिनको सम्झनामा संविधान दिवस मनाउन थालिएको हो।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकाङ्क्षा साकार भएको थियो । २०७२ सालमा जारी भएको संविधानको रक्षार्थ सबै दल मिलेर अगाडि बढ्नुपर्ने खाँचो यद्यपि आज पनि टड्कारो छ।

सम्बन्धित समाचार