२०८३ असार २ गते , मंगलबार

राष्ट्रिय परिवार नियोजन दिवस झापामा मनाइयो

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २ गते , शनिबार
राष्ट्रिय परिवार नियोजन दिवस झापामा मनाइयो
झापा । ८ औं राष्ट्रिय परिवार नियोजन दिवस झापामा विविध कार्यक्रममा आयोजना गरी मनाइएको छ । 'कोभिड १९ महामारी : परिवार योजना सेवामा सबैमा पहुँच बराबरी' भन्ने मूल नाराका साथ मानव अधिकार र वातावरण विकास केन्द्र उदयपुरको आयोजना तथा झापा शाखा, सुरुवाती कोठा नेपाल, झापा र आदर्श स्कुलको सहयोगमा युवायुवतीहरूको सहभागितामा सो दिवस मनाइएको हो ।
कार्यक्रममा युवा उमेरमा आउने परिवर्तन, आकस्मिक परिवार नियोजनका साधन बारे नेपाल परिवार नियोजन संघकी कर्मचारी प्रमीला गौतमले सह्जिकरण गरेकी थिइन् ।  संस्थाका झापा प्रमुख सुदर्शन दाहाल अध्यक्षता भएको कार्यक्रममा आदर्श कलेजका रबिन पाठकले सहभागीहरूलाई स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अभियन्ता दीपक दासले गरेका थिए । बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टको सभा हल मा सम्पन्न कार्यक्रममा ३० जना बढीको सहभागिता रहेको थियो । ।

सम्बन्धित समाचार