२०८३ असार २ गते , मंगलबार

इनरव्हील क्लबद्वारा भद्रपुरका ४० बढी विपन्न परिवारलाई दिवा भोज

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन २ गते , शनिबार
इनरव्हील क्लबद्वारा भद्रपुरका ४० बढी विपन्न परिवारलाई दिवा भोज
भद्रपुर । विश्व शान्ति दिवसको अवसरमा भद्रपुरका विपन्न परिवारलाई दिवा भोज खुवाइएको छ । इनरव्हील क्लब अफ भद्रपुरले शान्ति दिवसको अवसरमा भद्रपुर नगरपालिका- ३ स्थित किचकवधमा शनिवार दिउँसो त्यहाँका चिया बगानमा कार्यरत मजदुर परिवारलाई दिवा भोज खुवाएको हो ।
संविधान दिवसको अवसर समेत पारेर  स्थानीय जनसमुदाय केन्द्रित सो कार्यक्रम गरिएको क्लबका अध्यक्ष कुसुम अधिकारी पराजुलीले बताइन् । कार्यक्रममा स्थानीय शमशेर मोक्तान लगायत युवाहरूको सहयोग रहेको थियो । कार्यक्रममा ४० बढी विपन्न परिवारले खाना खाएका थिए ।
इनरव्हील क्लब अफ भद्रपुर महिलाहरूको सामाजिक संस्था हो । यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ ।  यसअघि क्लबले भद्रपुर २ स्थित ज्ञानेचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । 

सम्बन्धित समाचार