२०८३ असार २ गते , मंगलबार
संविधान दिवस : सशस्त्र प्रहरीद्वारा मेची अस्पतालमा सरसफाइ (तस्बिरसहित)
झापा । सातौँ संविधान दिवसको अवसरमा सशस्त्र प्रहरीले मेची अस्पताल भद्रपुरमा शनिवार बिहान सरसफाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमेशकुमार पाण्डेको नेतृत्वमा गएको सशस्त्र प्रहरी टोली अस्पतालभित्र र गेट बाहिर सरसफाइ गरेका हो ।
सरसफाइ कार्यक्रममा झापा उद्योग वाणिज्य सङ्घका पदाधिकारी, बिओपी भद्रपुरका सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो । यता जिल्ला स्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेकोले सोही अनुसार कार्यक्रम गरिएको एसपी पाण्डेले जानकारी दिए । (तस्बिरहरु पंकजकुमार शर्मा)