२०८३ असार २ गते , मंगलबार

बिर्तामोडका ३५ अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री वितरण

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १ गते , शुक्रबार
बिर्तामोडका ३५ अपाङ्गता भएका परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा । नेपाल व्यापार कर्मचारी सङ्घ युनिकम नेपालले अपाङ्गता भएका व्यक्तिलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच वीरता जेसिजको साझेदारीमा बिर्तामोड नगरपालिका १० का ३५ जना अपाङ्गता भएका परिवारलाई चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।

लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त पश्चात् उनीहरूलाई  राहत उपलब्ध गराइएको युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले बताए । अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्व तथा मजदुरको हक हितमा काम गर्ने आफूहरूको संस्था भएकै कारण उनीहरूलाई सहयोग गरिएको जानकारी दिए ।  

पौडेलको  अध्यक्षता एवम् बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको औचित्यमाथि  नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक कुमार भट्टराईले प्रकाश पारेका थिए ।   अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाले   दातालाई धन्यवाद ज्ञापन गरेको कार्यक्रममा वीरता जेसिजका पूर्व उपाध्यक्ष तथा बिर्तामोड उद्योग वाणिज्य सङ्घका सदस्य जीवन खड्का, वडाध्यक्ष गुरुङलगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रमको  सञ्चालन युनिकम नेपालका प्रदेश नम्बर १ का अर्गनाइजर सागर रिजालले गरेका थिए । 

सम्बन्धित समाचार