२०८३ असार २ गते , मंगलबार

संविधान दिवस : झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण गरी मनाइने

sajilo news
पार्थ मण्डल
२०७८ आश्विन १ गते , शुक्रबार
संविधान दिवस : झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण गरी मनाइने
झापा । जिल्लामा संविधान दिवस भव्य र हर्षोल्लासका साथ दीपावलीसहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ । जिल्लास्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

समितिले “संविधान कार्यान्वयनको छ वर्ष र लोकतन्त्र” विषयमा अन्तर मावि निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, ३ गते कारागारमा रहेका कैदीबन्दीलाई खेलकुदका सामग्री हस्तान्तरण गर्ने, चन्द्रगढीस्थित ट्रेड युनियन चोकमा दीप प्रज्वलन गर्ने र मेची अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला कृष्ण शाहीले बताए। समितिले जिल्लाका स्थानीय तह तथा सामाजिक, धार्मिक र विभिन्न सङ्घसंस्थालाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरेको छ । फाइल फोटो

सम्बन्धित समाचार