२०८३ असार २ गते , मंगलबार

झापाको कनकाई नहरमा डुबेर एक जनाको ​मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ भाद्र ३० गते , बुधबार
झापाको कनकाई नहरमा डुबेर एक जनाको ​मृत्यु

झापा । झापाको कनकाई नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार शिवसताक्षी नगरपालिका ६ का ३८ वर्षीय अच्युत नेपालको नहरमा डुबेर मृत्यु भएको हो। 

उनको शव बुधबार ५ बजेतिरस्थित कनकाई नहरको साइफनमा फेला परेको थियो ।  स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर नहरभित्रको शव निकालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। शव फेला परेको स्थानदेखि ५० मिटर नजिकमा उनले चलाउने साइकल फेला परेको छ। नहरमा हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

मृतक शारीरिक अपांगता भएका व्यक्ति हुन् । उनी शिवसताक्षी नगरपालिकाको अपांगता भएका व्यक्तिहरूको परिचय कार्ड वितरण समितिका सदस्यसमेत हुन्।

सम्बन्धित समाचार