यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
मौसम विश्लेषण: हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ ।
हाल मौसमको अवस्था : हल देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आँशिक बदली रहेको छ ।
२०७८ भाद्र २७ गते (आइतबार)
दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आँशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २८ गते (सोमबार)
दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२०७८ भाद्र २९ गते (मगलबार)
दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको केही स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।